आइतबार, कार्तिक १६ गते २०८३
images
images

त्रिपुरेश्वरमा बसमा आगलागी:छानविन समिति बन्यो

एक्सप्रेस पाना
आश्विन ५, २०८३ सोमबार
  • 157
    SHARES
  • त्रिपुरेश्वरमा बसमा आगलागी:छानविन समिति बन्यो

    काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । 

    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो ।

    बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनको समय दिइएको छ ।

    images

    सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको सुवेदीले बताए । उनको अवस्था गम्भीर छ । 

    गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए ।

    साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।

    कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले बताए । ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए ।