आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजदेखि सोह्र श्राद्ध सुरु

एक्सप्रेस पाना
आश्विन ११, २०८३ आइतबार
  • 94
    SHARES
  • आजदेखि सोह्र श्राद्ध सुरु

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ ।

    images

    सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध आजबाट सुरु भएको हो । 

    पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सोह्र श्राद्ध