काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्दैछ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने भएको हो । यो संगै चितवन राइनोज ब्याटिङमा छ ।
विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन्।
.jpg)


