काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को आजको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रन को लक्ष्य दिएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए ।
.jpg)


