आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनपीएल सिजन-३:मोइन अलीको अर्धशतकमा काठमाडौंमाथि जनकपुरको शानदार जित

एक्सप्रेस पाना
कार्तिक १३, २०८३ बिहीबार
  • 70
    SHARES
  • एनपीएल सिजन-३:मोइन अलीको अर्धशतकमा काठमाडौंमाथि जनकपुरको शानदार जित

    काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स विजयी भएको छ । 

    images

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा जनकपुरले ८ विकेटले काठमाडौंलाई हराएको हो ।

    जितको लागी ११६ रनको लक्ष्य पछाएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

    images

    जनकपुरको लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको थियो ।

  • सम्बन्धित विषय:

  • # एनपीएल