आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनपीएल सिजन-३:कर्णाली याक्सको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक १३, २०८३ बिहीबार
  • 59
    SHARES
  • एनपीएल सिजन-३:कर्णाली याक्सको लगातार दोस्रो जित

    काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । 

    images

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएका दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले हराएको हो ।

    १८७ रनको  लक्ष्य पछाएको  कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँर्दै लक्ष्य पुरा गरेको हो । कर्णालीको लागि सोमपाल कामीले सर्वाधिक ६२ रन बनाए । 

    images

    यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।

    कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # विराटनगर किंग्स