आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
कार्तिक १८, २०७८ बिहीबार
  • 237
    SHARES
  • सुनको मूल्यमा गिरावट

    कात्तिक १८ काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५ सयले घटेर रु ९१ हजार तोकिएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ ।

    images