शनिबार, भाद्र २७ गते २०८३
images

बन्जीजम्प गर्दा २५ वर्षीय युवतीको ज्यान गयो

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 376
    SHARES
  • बन्जीजम्प  गर्दा २५ वर्षीय युवतीको ज्यान गयो

    काठमाडौँ । बन्जी जम्प गर्ने क्रममा कोलम्बियामा एक युवतीको ज्यान गएको छ। बन्जीको डोरी नै नबाँधीकन ती युवतीले हाम्फालेपछि उक्त दुःखद घटना भएको हो। साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय रहेको छ।

    images

    तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा गएको आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि भएको छ।   एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो। बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ।

    उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हाम्फालेकी थिइन्। उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ। तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ।

    images

    मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ। बन्जी कर्ड डोरी नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ।
     बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन्। तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन्, जबकी  उनको खुट्टामा डोरी नै बाँधिएको थिएन। एजेन्सी ।