काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर देशभर फैलिएसंगै रोकथामको लागि बन्द गरिएको लामो दुरीको सवारी साधनहरू आजदेखी सञ्चालन हुने भएका छ ।
यसअघि उपत्यकामा मात्रै खुला गरेकोमा सनिवार अन्तर जिल्ला यातायातलाई सरकारले संचालन गर्न गर्न अनुमति दिएको हो । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।
नेपाल सरकार मन्त्रिपरिषद को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।
काठमाडौँ प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो।
.jpg)


