काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा जन्मिएका गायक सबिन चौहानले बजारमा नयाँ तीज गीत सार्वजनिक गरेका छन् ।
चौहानले आफनै नाममा रहेको अफिसियल युट्युव च्यानल सविन चौहान मार्फत नङ पालिस बोलको गीत शुक्रबार सार्वजनिक गरेका हुन् ।
तिलक वलीको शब्द र संगीतमा रहेको उक्त गीत गायक सविन चौहान र युवापुस्ताकी चर्चित गायिका एलिना चौहानले गायका हुन् ।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।
भिडियोमा कोरियोग्राफर तथा मोडल शंकर बिसि र सरस्वती पाण्डेको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस


