आइतबार, कार्तिक १६ गते २०८३
images
images

टेस्लाको सेयर मूल्यमा गिरावट 

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 402
    SHARES
  • टेस्लाको सेयर मूल्यमा गिरावट 

    एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयर मूल्यमा ४ दशमलब ९ प्रतिशले गिरावट आएको हो । 

    images

    ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

    मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए । 
     

    images