पहिरोका कारण अवरुद्ध भएको भिमदत्त राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको आलीताल गाउँपालिका–१ को कटानस्थित शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग डोजरले पहिरो पन्छाएर साँझ ५ बजे एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी)महेन्द्र नेपालले पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी रुपमा खुलाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको जानकारी दिए । तर अहिले पनि डोजरले पहिरो पन्छाइरहेकाले राजमार्ग दुुईतर्फी रुपमा सञ्चालनमा आउन सकेको छैन।
.jpg)

