आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमनलाई

एक्सप्रेस पाना
कार्तिक २७, २०७८ शनिबार
  • 301
    SHARES
  • पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमनलाई

    कार्तिक २७ सिन्धुपाल्चोक । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधी संगै उनले नगद ५० हजार प्राप्त गरेका छन् ।

    images

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ हजार २ सय मिटर उचाईको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भएका हुन् । त्यस्तै दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।

    महिला तर्फ धादिङका रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधीसंगै उनले नगद ५० हजार प्राप्त गरिन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो, तेस्रो , चौँथो र पाँचौ स्थान क्रमश संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारिन् ।

    images

    त्यस्तै यता सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभा भएको थियो ।

    जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरुहुने २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिब सुर्यलाल भन्डारिले बताए।

    पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।