शनिबार, भाद्र २७ गते २०८३
images

महिनावारी भएको बेला पनी  कोरोनाविरुद्धको खोप लगाउन सकिने  

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 353
    SHARES
  • महिनावारी भएको बेला पनी  कोरोनाविरुद्धको खोप लगाउन सकिने  

    काठमाडौँ । महिनावारी भएको बेला पनी  कोरोनाविरुद्धको खोप लगाउन सकिने कुरामा महिलाहरुमा अन्यौल रहेको छ । नेपालमा अहिले अमेरिकी अनुदानमा प्राप्त एक मात्र लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप लगाउन सुरु भइरहेका बेला महिलामा अन्यौलता रहेको पाइएको हो ।  सरकारले अहिले लक्षित वर्गभित्र पर्ने १८ वर्ष माथिका सबैलाई प्राथमिकताका आधारमा खोप प्रदान गरिरहेको छ।

    images

    खोप कार्यक्रम चलिरहदा धेरै युवती तथा महिलाहरु खोपका विषयमा दुविधामा रहेको पाइएको छ। महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्नेबारे अन्यौलता सिर्जना भएको पाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा  झलक गौतम शर्माले महिनावारी भएको समयमा खोप लगाउन मिल्ने जानकारी दिए।

    डा गौतमाले भने, ‘महिनावारी भएको समयमा महिलाहरुले खोप लगाउन मिल्छ। महिनावारीको समयमा खोप लगाउँदा कुनै असर गर्दैन।’

    images

    उनले महिलाहरुले प्राथमिकताको आधारमा पालो आउँदा महिनावारी भएको समयमा पनि खोप लगाउन डर मान्न नपर्ने बताए। खोपको विषयमा अध्ययन गरिरहेका विज्ञहरुले हालै मात्र गर्भवती तथा सुत्केरीले पनि खोप लगाउन मिल्ने बताएका छन्।