आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मुल्यमा गिरावट

एक्सप्रेस पाना
मंसिर ३, २०७८ शुक्रबार
  • 349
    SHARES
  • सुनको मुल्यमा गिरावट

    मंसिर ३ काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन १ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    अघिल्लो दिन सुन ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    images