शनिबार, भाद्र २७ गते २०८३
images

कांग्रेस ललितपुर जिल्ला सचिव घिमिरेको निधन

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 480
    SHARES
  • कांग्रेस ललितपुर जिल्ला सचिव घिमिरेको निधन

    काठमाडौँ ।  नेपाली कांग्रेसको ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेको मृत्यु भएको छ। जिल्ला कार्य समिति ललितपुरका सचिव घिमिरेको ४७ वर्षको उमेर आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    images

    घिमिरे २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए। नेपाल विद्यार्थी संघबाट राजनीतिक थालेका उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखी बनाएको छ, देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्।

    images

    घिमिरे कोभिड १९ बाट संक्रमित भएका थिए। साउन १ गते स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको थियो।