शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 610
    SHARES
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    मंसिर १७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । अहिले केही बेरमा बोर्ड बैठक बस्दैछ ।

    images

    कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

    गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

    images