आइतबार, कार्तिक १६ गते २०८३
images
images

छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभोर्स

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 329
    SHARES
  • छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभोर्स

    एजेन्सी । छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनको पति उनीसँग ‌आगो बनेका थिए । 

    images

    लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् । लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।, उनका पतिले भने । 

    पत्निलाई छिमेकीको लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् । सम्बन्धबिच्छेद गर्नुअघि मैले उनको परिवारसँग पनि सल्लाह मागेको थिए , उनले भने । 

    images