शनिबार, भाद्र २७ गते २०८३
images

एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास

एक्सप्रेस पाना
मंसिर २२, २०७८ बुधबार
  • 550
    SHARES
  • एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास

    लन्डन २२ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । 

    images

    गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी  र सेनाप्रमुख शर्मालाई काठमाडाैंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएकाे भन्दै अर्काे पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेकाे आराेप लगाएकाे छ ।

    रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडाैंको र्‍याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्चअधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्टि गरेका छन् । 

    images

    गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयकाे निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेकाे बताइएकाे छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लाबासी हुन् ।

    गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसकाे ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ । 

    सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएकाे अर्काे पक्षकाे आराेप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र कुल आचार्य आकांक्षी छन् ।न्युज कारखाना