शनिबार, भाद्र २७ गते २०८३
images

भान्सेको गाउँ पुरुषले मात्रै खाना पकाउने मिल्ने

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 645
    SHARES
  • भान्सेको गाउँ  पुरुषले मात्रै खाना पकाउने मिल्ने

    एजेन्सी । भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ ।

    images

    गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन् ।

    पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरूमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ ।

    images

    वर्षको ६ महिना त उनीहरूले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरू कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरू खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् ।