शनिबार, भाद्र २७ गते २०८३
images

दुर्गास्थान आधारभुत विद्यालय : जिल्लाकाे पहिलो तीन तारे विद्यालय

एक्सप्रेस पाना
मंसिर २३, २०७८ बिहीबार
  • 296
    SHARES
  • दुर्गास्थान आधारभुत विद्यालय : जिल्लाकाे पहिलो तीन तारे विद्यालय

    मंसिर २३ डडेल्धुरा । डडेल्धुराको अजयमेरू गाउँपालिका–४ स्थित दुर्गास्थान आधारभुत विद्यालय जिल्लाकै पहिलो तीन तारे विद्यालय बनेकाे छ। खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि याे विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

    images

    अजयमेरू गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक तिर्थराज पनेरुले बताए। उनकाअनुसार खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो।

    दुर्गास्थान आधारभुत विद्यालय खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन र प्रवर्द्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालय तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहार विष्णु पोखरेलले बताए । 

    images

    उनले डडेल्धुराका २४ विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गर्ने कार्यक्रम रहेको बताए । चालु आर्थिक वर्षमै ६ विद्यालयलाई तीन तारे बनाइने लक्ष्य छ। उनले भने, ‘घोषणा गर्दैमा सबै कुरा पूरा भए भन्ने होइन्। यो अभियानलाई गाउँपालिका, विद्यालय र अभिभावकले सहयोग गर्नुपर्छ।’

    दुर्गास्थान विद्यालयले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ। तीन तारे घोषणा गर्न विद्यालयले चालेको कदम सर्हानीय भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका व्यवस्थापन सूचना प्रणाली विशेषज्ञ पल्लव नेपालले बताए। ‘हामीले पहिलेदेखि नै सरसफाइको क्षेत्रमा धेरै समस्या भोग्यौं । परियोजनाको समयअवधि सकिन एक वर्ष बाँकी रहँदा बल्ल पहिलो विद्यालय तीन तारे घोषणा हुँदैछ,’ उनले भने, ‘अन्तिम वर्षमा आएर सफलता पाएका छौं । नानीबाबुलाई कस्तो वातावरण दिने भन्ने यहाँको हातमा छ।’ उनले भने। 

    दुर्गास्थान आधारभुत विद्यालय जिल्लाकै पहिलो तीन तारे विद्यालय सुनिश्चिता घोषणा हुनु गाउँपालिकाका लागि खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए। उनले यो अभियानमा साथ सहयोग गर्ने सम्पूर्णको कदम सर्हानीय भएको बताए । गाउँपालिकाले आगामी दिनमा अझैं शिक्षाको क्षेत्रमा फड्को मार्दै जाने र अजयमेरूलाई शिक्षाका लागि नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए।न्युज कारखाना