आइतबार, कार्तिक १६ गते २०८३
images
images

शेर्पामाथि मछिन्द्रको सानदार जित

एक्सप्रेस पाना
मंसिर २५, २०७८ शनिबार
  • 605
    SHARES
  • शेर्पामाथि मछिन्द्रको सानदार जित

    मंसिर २५ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पामाथि सहज जित दर्ता गरेको छ ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा मछिन्द्रले शेर्पामाथि ३-० गोलको सानदार जित निकालेको हो ।

    मछिन्द्रको जितमा सुनिल बल नुर्लान र विमल घर्ती मगरले समान १/१ गोल गरे । पहिलो हाफमै २-० गोलको अग्रता बनाएको मछिन्द्रको लागि दोस्रो हाफमा मैदान प्रवेश गरेको विमलले गोल गरि ३-० गोलको सहज जित दिलाएका हुन ।

    images

    उक्त जितसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट १० अंक बनाएको मछिन्द्र गोल अन्तरको आधारमा मनाङलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । यता पराजित शेर्पाको भने समान ४ खेलबाट २ अंक रहेको छ ।