शनिबार, भाद्र २७ गते २०८३
images

  कोरियामा इपिएस प्रणालीबाट जाने कामदारलाई चाँडै पठाउने तयारी 

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 512
    SHARES
  •   कोरियामा इपिएस प्रणालीबाट जाने कामदारलाई चाँडै पठाउने तयारी 

     काठमाडौँ । कोरियामा इपिएस प्रणालीबाट जाने नेपाली  कामदारलाई चाँडै पठाउने तयारी भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । 

    images

    आजको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगको छलफलपछि कोभिड १९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन समितिले निर्देशन दिएको हो। सभापति रामनारायण विडारीले पीडत युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफू समक्ष उजूरी दिएकाले सरकारी अधिकारीसँग छलफल गर्नुपरेको र यसबारे तत्काल तदारुकताका साथ कामअघि बढाउनुपर्नेमा जोड दिए।

    दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाइ सम्पर्कमार्फत् पठाउन आग्रह गरेकामा दोस्रो लहरको संक्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाइ उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए।

    images

    सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पनि पहल गर्नुपर्नेमा जोड दिए। त्यस्तै अर्का सदस्य डा। खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीबाटै पहल हुनुपर्ने बताए। रासस