शनिबार, भाद्र २७ गते २०८३
images

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता 

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 303
    SHARES
  • कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता 

    कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन्।

    उनीहरु बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीगण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताए। चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए।

    images

    बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ। रासस