काठमाडौँ । झापामा कोरोना संक्रमण बढे सँगै एक साता निषेधाज्ञा गर्ने तयारी भएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण तीव्र बढेपछि रक्षात्मक अवस्थामा पुगेका झापाका स्थानीय तहहरु जिल्लालाई पूर्णरुपले सिल गर्न सहमत भएका छन् । बढ्दो संक्रमण रोक्न लकडाउनमा जानुको विकल्प नभएको निष्कर्ष निकाल्दै उनीहरुले एक साताका लागि जिल्ला सिल गर्ने विषयमा सहमति जनाएका हुन् ।
संक्रमणविरुद्ध लड्न साझा धारणा बनाउन बिहीबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकले साउन १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

