आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेगा बैंकको एकैदिन थप ६ वटा शाखा विस्तार  

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 527
    SHARES
  • मेगा बैंकको एकैदिन थप ६ वटा शाखा विस्तार  

    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा १, वागमती प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । 

    images

    प्रदेश नम्बर १ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

    त्यसैगरी लुम्बिनी प्रदेश बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरुबाट बैंकिङ्ग कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । 

    images