शनिबार, भाद्र २७ गते २०८३
images

खाजा कार्यक्रम प्रभावकारी बनाउन ४२ विद्यालयलाई चुलो र ग्यास प्रदान

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 1.2K
    SHARES
  • खाजा कार्यक्रम प्रभावकारी बनाउन ४२ विद्यालयलाई चुलो र ग्यास प्रदान

    पुस ९ तेह्रथुम । सरकारले विद्यार्थीलाई दिँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन तेह्रथुमको छथर गाउँपालिकाले विद्यालयलाई चुलो र ग्याँस प्रदान गरेको छ । गाउँपालिकामा रहेको ४२ वटै विद्यालयलाई एक थान चुलो र एक थान ग्यास सिलिन्डर प्रदान गरिएको हो । दिवा खाजा कार्यक्रम अन्तर्गत यसअघि विद्यार्थीलाई हाजिरीको आधारमा नगद नै दिँदै आएकामा अब विद्यालयमै खाजा पकाएर खुवाइने भएकाे हाे । विद्यार्थीले चाउचाउ,चटपटे लगायत खाने र त्यसले स्वास्थ्यमा असर गर्ने भन्दै सरकार नयाँ नीति ल्याएको हो ।

    images

    विद्यालयमा कार्यक्रम लागू गर्न सहज बनाउन स्थानीय सरकारले सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले बालकक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि 'एक विद्यालय एक टेलिभिजन कार्यक्रम' थालनी गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

    गाउँपालिकाले बालकक्षामा अध्ययनरतलाई मनोरञ्जनसँगै बिद्यालय जान प्रेरित गर्न यसअघि 'एक विद्यालय एक टेलिभिजन कार्यक्रम' थालनी गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । विद्यालयमै खाजा भएपछि अभिभावकलाई सहज भएकाे छ । 

    images