शनिबार, भाद्र २७ गते २०८३
images

 ओमानमा दक्ष नेपाली स्वास्थ्यकर्मीको माग 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 328
    SHARES
  •  ओमानमा दक्ष नेपाली स्वास्थ्यकर्मीको माग 

    काठमाडौँ । नेपालीहरूको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ ।ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर बिन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

    images

    भेटमा राजदूत ढकालले नेपाल र ओमानबिच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रक्रिया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको जटिलताको सहजीकरण गरिदिन आग्रह गर्नु भएकी थिइन् ।

    नेपालबाट ओमानमा दक्ष स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन सकिनेलगायत श्रम कूटनीतिका विविध विषयमा आफ्नो धारणा राखेको राजदूत ढकालले बताउनु भयो ।

    images

    सचिव शेख नासेरले पनि श्रम सम्झौतामा भएको पछिल्लो प्रगतिको जानकारी गराउँदै कोरोना महामारी कोभिड १९  ले व्यावसायिक क्षेत्रमा थप जटिलता निम्त्याएकोले श्रम सम्बन्धी विषयहरूमा एक अर्को पक्षसँग सहकार्य गर्दै समस्त श्रमिक वर्गहरूलाई हित हुने कार्य गर्नुपर्ने बताउनु भएको थिए ।