सोमबार, भाद्र २९ गते २०८३
images

टोकियो ओलम्पिक : आज नवौं दिन कति खेलमा हुँदैछ भिडन्त ?

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 389
    SHARES
  • टोकियो ओलम्पिक : आज नवौं दिन कति खेलमा हुँदैछ भिडन्त ?

    एजेन्सी। टोकियो ओलम्पिकको नवौं दिन आइतबार ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भइरहेको छ। आइतबार पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चाररचार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ।

    images

    टोकियो ओलम्पिकको नवौं दिन आजसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको जापानको १७ स्वर्ण पदक छ भने १६ स्वर्ण पदकका साथ अमेरिका तेस्रो स्थानमा रहेको छ।

    चौथो स्थानको रुसी ओलम्पिक कमिटिले ११ स्वर्ण पदक जित्दा १० वटा स्वर्ण पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा छ। टोकियोमा अहिलेसम्म कुल ४९ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन्।

    images