शनिबार, भाद्र २७ गते २०८३
images

सुलक्षण कीर्ति क्याम्पसमा एम.ए. बौद्ध अध्ययन तथा दिगो विकास पढाई सुरू हुने

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 520
    SHARES
  • सुलक्षण कीर्ति क्याम्पसमा एम.ए. बौद्ध अध्ययन तथा दिगो विकास पढाई सुरू हुने

    पुस २९ काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम  सुलक्षण कीर्ति  विहार कीर्तिपुर चाेभार गेटमा सञ्चालन हुने भएकाे छ ।

    images

    लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसारको नेपालमै पहिलो पटक यही माघ २०७८ माघ १५ गतेदेखि सञ्चालन हुन गइरहेको स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास Master in Buddhism and Sustainable Development कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अनुरोध गरेका छन् ।

    कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाे संयुक्त सहयोग  रहेकाे  यस क्याम्पसमा कुनै पनि विषयमा स्नातक तह उतीर्ण विद्यार्थी भएका विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट https://apply.lbu.edu.np/programs/apply मा उल्लेख भएअनुसार तथा क्याम्पसको मुख्य कार्यालयमा सम्पर्क राखी आवेदन सकिने छ ।

    images

    अहिलेको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विश्वविद्यालयस्तरको उच्च शिक्षा अध्ययन-अनुसन्धानमा बढी माग भै आएको र विश्वको एक मात्र साझा एजेन्डा-दिगो विकासको लक्ष्यमा पुग्न सहयोग हुने ज्ञान र बिज्ञानको संयोग भएको याे विषय योग्य र अनुभवी प्राध्यापकज्युहरुबाट अध्यापन गराइने नयां Multidisciplinary बिषयमा Master-स्नातकोत्तर तहमा अध्ययन गर्न सकिने छ ।

    सुलक्षण कीर्ति क्याम्पस सहायक क्याम्पस प्रमुख दामाेदर त्रिपाठीले पुनः तथा आशिंक  छात्रवृतिकाे व्यवस्था भएकाे जनाए । यस विषयकाे अध्ययन पश्चात विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरूमा विकास विज्ञ एवम् नीति निर्माताका रूपमा अवसर प्राप्त हुने भएकाले यर्थाशिघ्र आवेदन दिन अनुराेध गरेका छन् । साँझ चार बजेदेखि सात बजेसम्म कक्षा सञ्चालन हुने भएकाे छ । थप जानकारीका लागि  https://www.skc.edu.np/?fbclid=IwAR32KJdIamSj0Cnc2te8j79-MjdJq0PjlxLPM1scL12CUMSyuaRR0QfrN04