शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालय बन्द भएसँगै अभिभावक र विद्यार्थी चिन्तित

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 421
    SHARES
  • विद्यालय बन्द भएसँगै अभिभावक र विद्यार्थी चिन्तित

    पुस २९ सप्तरी । कोरोनाभाइरस संक्रमण बढेपछि शिक्षण संस्था बन्द भएसँगै सप्तरीका विद्यार्थी र अभिभावक पठनपाठनलाई लिएर चिन्तित भएका छन् । अध्ययनविना नै कक्षा चढ्ने हुँदा यसले विद्यार्थीको क्षमताका ह्रास आउने भन्दै अभिभावक चिन्तित् भएका हुन् । 

    images

    सप्तरीको राजविराज नगरपालिका–१५ को महावीर माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विवेक मण्डलले भने,  कक्षा ६ मा हुँदा कोरोनाको पहिलो लहर सुुरू भएपछि परीक्षा नदिएरै ७ कक्षामा पुगेँ । कक्षा ७ मा आठ महिना पढाइबाट बञ्चित हुनुप¥यो । चार महिना पढेर कक्षा ८ मा पुगेँ ।

    आठमा पुग्नेबित्तिकै दोस्रो लहर सुुरू भयो । पाँच महिना विद्यालय बन्दपछि पठनपाठन शुरू भएको पाँच महिना नबित्दै पुनः विद्यालय बन्द भएपछि हामी विद्यार्थीको पढाइ चौपट्टै भयो ।’ 

    images

    उनको जस्तै राजदेवीमावि राजविराजको कक्षा १०  मा अध्ययनरत आरती झाको पीडा पनि उस्तै छ । ‘दुई वर्ष विद्यालय न गएरै एसईई आईसक्यो । के गरौँ ? कसो गरौँ ? चिन्ताले सताउँन थालेको छ,’ उनी भन्छिन् । 

    विद्यार्थी र अभिभावकले कोरोनाभाइरसविरुद्धको खोप लगाएर नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

    राजविराज नगरपालिका २ कि किरण मण्डलले भनिन्, ‘विद्यालय बन्द गर्नुभन्दा पनि बिद्यार्थीहरूलाई भ्याक्सिन लगाएर पढाउनु राम्रो हुन्छ ।’ न्युज कारखाना