आइतबार, भाद्र २८ गते २०८३
images

एक दर्जनबढी एयरलाइन्सले पाए उडानको अनुमति

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 352
    SHARES
  • एक दर्जनबढी एयरलाइन्सले पाए उडानको अनुमति

    काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक भएको छ ।  नेपाल एयरलाइन्सले सातामा १५ र हिमालय एयरलाइन्सले सातामा १३ उडान गर्ने गरि उडान तालीका तय भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो  ।

    images


    नेपाल वायु सेवा निगमले दुबई, मलेसिया, भारतको नयाँ दिल्ली र जापानको नारिताका लागि थप अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपाल वायु सेवाले दुवईका लागि साताको दुई सोमबार र बुधबार, मलेसियाको क्वालालाम्पुरमा साताको दुई मंगलबार र शुक्रबार, भारतको नयाँ दिल्लीमा साताको तीन सोमबार, बुधबार र शनिबार र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणले सूचनामा जनाएको छ । नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । 


    त्यस्तै, हिमालय एयरलाइन्सले मलेसिया, दुबई र कतार दोहाका लागि अुनमति पाएको छ । हिमालयन एयरलाइन्सले  मलेसियाको क्वालालाम्पुरमा आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार पाँच उडान गर्ने भएको छ । दुबई इन्टरनेशनल एयरर्पोटमा समेत हिमालयले साताको तीन सोमबार, बुधबार र शनिबार उडान गर्नेछ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच सोमबार शुक्रबारसम्म उडान गर्न अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

    images

    एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ ।

    जजिरा एयरवेज, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयरलाइन्स, कतार एयरवेज, सलाम एयर, टर्किस एयरलाइन्स,  सिंगापुर एयरलाइन्सको उडान तालिका सार्वजनिक भएको छ । जजिरा एयरवेज कुवेतबाट हरेक दिन नेपाल उडान भर्ने छ भने कोरियन एयरले हरेक बुधबार काठमाडौं, मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौंको उडान भर्ने अनुमति पाएका छन ।

     मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार, शनिबार नेपाल उडान भर्ने छ भने सिंगापुर एयरलाइन्सले हप्ताको एक दिन आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

    कतार एयरवेजले कतारको दोहाबाट काठमाडौं दैनिक २ उडान, सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाजले उडान भर्ने प्राधिकरणले जनाएको छ ।