आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार नयाँ कोरोना संक्रमित

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 469
    SHARES
  • भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार नयाँ कोरोना संक्रमित

    एजेन्सी । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ । 

    images

    पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।