आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 297
    SHARES
  • भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

    एजेन्सी । भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ । यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन् । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ ।

    केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन् ।
     

    images