आइतबार, कार्तिक १६ गते २०८३
images
images

कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली  

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 379
    SHARES
  • कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली  

    ९ माघ  मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।

    images

    सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यावसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् । 

    अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म ट्रकी, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ । 

    images

    छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मुल गेटमा  रारा आउनेजाने पाहुनालाई लक्षित गरी व्यववसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् । 

    मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ । 

    हाल फ्रेस हाउसमा ३००भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी छन् ।

    पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ ।

    मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ ।