आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिंचाइ कूलोमा तीन तहका सरकार र दातृ निकायको लगानी

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 518
    SHARES
  • सिंचाइ कूलोमा तीन तहका सरकार र दातृ निकायको लगानी

    माघ ११ उदयपुर । उदयपुरको चौदण्डीगढीमा कृषकका समस्यालाई समाधान गर्न ५७ लाखको कूलो सिंचाइको शिलान्यास भएको छ । चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित तीन दोभानने मुनी पहरेखोला जलस्रोत कूलो सिंचाइको शिलान्यास मेयर खगेन्द्र राईले गरेका हुन् ।

    images

    नगरपालिका, प्रदेश सरकार र संघ  सरकारको २०/२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४ सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात् २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रम अन्तर्गत स्वीज सरकारको लगानी गरेको हो ।

    सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो । बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कूलोको रुपमा चिनिएको उक्त सिंचाइ कूलोको लम्बाई १९ सय मिटरमध्ये १३ सय मटिरमात्र पक्की ढलान हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ ।

    images

    ४० सेन्टिमिटर उचाइ रहने कुलोको चौडाई ५० सेन्टिमिटर रहने इञ्जिनियर सन्तोष शाहले जानकारी दिए । मेयर राईले ६५ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको बताए । कृषि पेशालाई सम्मान गर्न हिच्किचाएको हाम्रो नेपाली समाज भविष्यको लागि चिन्ताजनक रहेको उनको धारणा थियो ।

    तीनदोभाने पहरेखोलाको मुहान थापिएको खोला बाह्रैमास पानी बगिरहने खोला हो ।  उक्त कुलोले बसाहाका १ सय ७० घरपरिवार लाभान्वित हुने बताइएको छ ।