माघ ११ काठमाडौं । बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ ।
जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ । नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ ।
विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् । यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् ।
यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्,जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ । विद्यार्थीहरुले पढ्दा केही जानेनन्भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस्एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् ।
विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमो उपलब्ध हुनुहुन्छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला,होमेवोर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन । विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ''मिदास इक्लास'' मा स्वमूल्याङ्कन (Self-Assessment) मक इक्ज्याम (Mock Exam) र परिक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ ।
विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू - Extra Curricular Activities गराउन ''मिदास इक्लास'' मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि संचालन्गरिन्छ । विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न बिद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ÷पुरस्कृत गरिन्छ ।
अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ''मिदास इक्लास'' ले पाठ्यक्रममा आधारित्विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ । मिदास एजुकेसन्प्रा.लिले ''मिदास इक्लास'' का सेवाहरू विद्यार्थीले आफुलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निशुल्क उपलब्ध गराएको छ ।
यो सेवा कसरी लिने
Google Play Store मा गएर MiDas eCLASS खोजेर डाउनलोड गर्ने वा Link गएर डाउनलोड गर्ने सकिनेछ ।
https://play.google.com/store/apps/details?id=com.midas.eclassnew


