काठमाडौँ । जुनिचाँदे २ का वडाध्यक्ष रामबहादुर नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ। साउन १५ गते स्थानीय सर्पे नेपालीलाइ डोरीले बाधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि अध्यक्ष नेपालीलाइ प्रहरीले आज पक्राउ गरेको हो।
आजै सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सर्पेलाइ बन्धक बनाएपछि प्रहरी आएर बन्धक मुक्त गरेको थियो। नेपालीले यो भन्दाअघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई पनि कुटपिट गरेका थिए। यसअघि स्थानीय युवाहरुसँग विवाद हुँदा नेपाली आफैँ घाइते भएका थिए।
.jpg)

