शनिबार, भाद्र २७ गते २०८३
images

यूएईले दियो, नेपालसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति 

एक्सप्रेस पाना
श्रावण २१, २०७८ बिहीबार
  • 405
    SHARES
  • यूएईले दियो, नेपालसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति 

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएई ले शसर्तरुपमा नेपालसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने भएको छ । युएईले कोरोनाको दोस्रो डोजको खोप लगाएको १४ दिनपछि मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने बताएको छ ।

    images

    लामो समयदेखि नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाएको युएईले मङ्गलवार करोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका यात्रु तथा युएईमा आवासीय अनुमति पत्र प्राप्त व्यक्तिहरूलाई प्रवेश अनुमति दिने निर्णय गरेको युएईका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

    युएईको राष्ट्रिय आपत्कालीन तथा विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलवार नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डामा अलपत्र आवासीय अनुमति रहेका यात्रुलाई प्रवेश अनुमति दिइने जानकारी दिएको हो । फर्किन पाउने प्राथमिकताको सूचीमा चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रका प्राविधिक, शैक्षिक संस्थाका कर्मचारी र विद्यार्थी, मानवीय सेवाका कर्मचारी र युएईको सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।

    images