आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

एक्सप्रेस पाना
माघ १७, २०७८ सोमबार
  • 240
    SHARES
  • भारतमा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

    माघ १७ काठमाडौं । भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

    images

    सोमबार बजेट सत्रको अधिवेशन उद्घाटन गर्ने क्रममा दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका राष्ट्रपति रामनाथ कोविन्दले खोप अभियान सुरु भएको एक वर्ष पुगेको र यसअवधिमा ९० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो डोज लगाएको जानकारी दिएका हुन् । 

    उनका अनुसार पहिलो मात्रा लगाउने ९० प्रतिशत रहँदा दुवै डोज लगाउने ७० प्रतिशत रहेका छन् । जनवरी २०२१ बाट भारतमा खोप अभियान सुरु भएको थियो । यो एक वर्षमा पहिलो मात्रा लगाउने ९० प्रतिशत र दुवै डोज लगाउने ७० प्रतिशत रहेको राष्ट्रपति कोविन्दले बताए । 

    images

    उनका अनुसार भारतमा आठवटा खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । भारतमा बनेका तीनवटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको उनले जानकारी दिए ।