शनिबार, भाद्र २७ गते २०८३
images

पत्रकार सुजीतकुमार झाको ‘पुनि पुनि होत विवाह’को लोकार्पण

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 433
    SHARES
  • पत्रकार सुजीतकुमार झाको ‘पुनि पुनि होत विवाह’को लोकार्पण

    १८ माघ पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’को लोकार्पण गरिएको छ । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ ।272199845_3081787072109664_4139332381358269850_n.jpg

    images

    272232346_967274630830036_9043128289279413998_n.jpg272861077_975623713046555_376394513501148404_n.jpg६८८ पुष्ठको सो पुस्तकको यसअघि संघीय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरेको थियो । पुस्तकको लोकार्पण मधेश सरकारको भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रुपमा गरेका हुन् ।

    पुस्तकलाई मधेश प्रदेशभित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले मैथिली पुस्तकालय ठाउँमा बनाउन सुझाब दिए । 

    images

    मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको पुस्तक लोकार्पण समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनकपुरधामको पहिचान रामजानकीसँग रहेकाले यो पुस्तकले जनकपुरधामको पर्यटन बढाउन सहयोग गर्ने बताए ।
    सुजीतको मैथिली भाषामा यो दशौ कृति हो ।