आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 667
    SHARES
  • भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने
    माघ १८ भारत । नयाँ दिल्ली–भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सितारमणले सो जानाकारी दिएकी हुन् ।
     
    ‘केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठूलो टेवा दिनेछ । डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भनिन् ।
     
    ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उनले बताइन् । डिजिटल मुद्रा प्रणालीले सरकारको ‘डिजिटल इन्डिया’ कार्यक्रमलाई एउटा ठूलो सहयोग मिल्ने जनाइएको छ ।