कुलमान योञ्जन तामाङ्ग, काठमाडौँ । अनुप योन्जनको निर्देशनमा मेरा आकाशको तारा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।शुक्रबार ओएसआर डिजिटल को अफिसियल युट्युव च्यानल मार्फत उक्त भिडियो सार्वजनिक भएको हो ।
सन्दिप बस्नेतको शब्दमा रहेको गीतलाई चर्चित गायक सनुप पौडेलले आवाज दिएका छन् भने राज सागरले संगीत भरेका छन् ।
अनुप योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने डिन्सन शाहले सम्पादन गरेका छन् । उज्वल बल तामाङले क्यामेरा एसिस्टेण्टको रुपमा रहेर भिडियो राम्रो बनाउन सहयोग गरेका थिए ।
भिडियोमा नेपाली फिल्म क्षेत्रका अभिनयका बादसाह नीर बिक्रम शाह , गौरभ बिस्ट लगायतको अभिनय रहेकोे छ ।
भिडियो हेर्नुहोस:


