शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको परीक्षा तालिका सार्वजनिक

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 449
    SHARES
  • एसईईको परीक्षा तालिका सार्वजनिक

    काठमाडौं, २७ माघ आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । 

    तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

    images

    ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

    कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।SEE.jpg