आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालगन्जबाट बुटवल जाँदै गरेको बसमा आगलागी भएपछि....

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 700
    SHARES
  • नेपालगन्जबाट बुटवल जाँदै गरेको बसमा आगलागी भएपछि....

    फागुन १ कपिलवस्तु । नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ । भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 

    images

    आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए । 

    बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए । 

    images