आइतबार, कार्तिक १६ गते २०८३
images
images

अनलाइन ठगीको सिकार बनिन् सनी लियोनी

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 555
    SHARES
  • अनलाइन ठगीको सिकार बनिन् सनी लियोनी

    फागुन ६ काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउछिन् । तर यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन् । भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला यी अभिनेत्री पनि यसबाट पीडित बनिन् ।

    images

    अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गरेकी छन् । उनले ट्विटरमा ट्विट गर्दै यो कुराको जानकारी दिएकी हुन् ।

    ‘मेरो प्यान कार्डको प्रयोग गरेर धनी एपबाट ऋण लिएको पाइएको छ । यो ऋणको रकम दुई हजार रुपैंयाँ छ । जसकारण मेरो सिबिल स्कोर कम भएको छ’, उनले लेखेकी छन् । उनले ट्विटरमा धनी एपको व्यवस्थापन हेर्ने इन्डिया बुल्स होम लोन र इण्डिया बुल्स सेक्युरिटीलाई पनि ट्याग गरेकी छन् ।

    images