आइतबार, कार्तिक १६ गते २०८३
images
images

डोटीमा १४ वर्षीया बालिकामाथि बलात्कार

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 369
    SHARES
  • डोटीमा १४ वर्षीया बालिकामाथि बलात्कार

    काठमाडौँ । डोटीको जोरायल गाउँपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । कैलाली घर भई जोरायलमा मामाघरमा बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा जोरायल–४ का ३८ वर्षीय कर्णबहादुर बोहराविरुद्ध जाहेरी दर्ता भएको छ ।

    images


    बोहराले ती बालिकालाई ललाइफकाइ पटक–पटक बलात्कार गरेको परिवारको आरोप छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा अभियुक्त बोहरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए ।

    बलात्कार आरोपी बोहरा फरार रहेको र खोजी कार्य शुरु गरिएको उनले बताए ।

    images