२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल बताउँछन् ।
यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।
.jpg)


