आइतबार, कार्तिक १६ गते २०८३
images
images

को हुन् युक्रेनी राष्ट्रपति जेलेन्स्की ? जो पुटिन सामु झुक्न तयार छैनन्

एक्सप्रेस पाना
फाल्गुण १३, २०७८ शुक्रबार
  • 315
    SHARES
  • को हुन् युक्रेनी राष्ट्रपति जेलेन्स्की ? जो पुटिन सामु झुक्न तयार छैनन्

    फागुन १३ काठमाडौं । युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन् । रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्। 

    images

    रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ । सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो । 

    युक्रेनको सेना र रूसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन दाेनबासमा भने कहिल्यै युद्ध समाप्त भएन । युद्धमा अहिलेसम्म करिव १४ हजार मानिसहरूकाे मृत्यु भएकाे छ ।

    images

    को हुन् भोलोदिमिर जेलेन्स्की ? 
    भोलाेदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् ।

    जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए । 

    यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो । उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए । सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो । 

    सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की  युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए । जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ । 

    उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ। तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन् । जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो। दुबैका सन्तान पनि छन् । 

    उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे । राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ ।

    यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चालेका थिए ।न्युज कारखाना