फागुन १४ मेलम्ची । श्री बालसुधार माध्यमिक विद्यालय मेलम्ची ७ दुवाचौरको ६४औं बार्षिक उत्सव तथा २२औं अभिभावक भेला आज सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले अभिभावकले बिद्यालयमा हुने गतिविधि र गुणस्तरमा सधैं ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले सरकारी बिद्यालयमा गुणस्तर हुँदैन भन्ने मानसिकता त्यागेर सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमा पढाउन आग्रह गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले बिद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा वडा सदस्य पासाङ तामाङ , बिद्यालय व्यवस्थापन समिती सदस्य गणेश तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष भिमलाल भारती , पुर्व बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिनोद गिरि , नेपाली काङ्ग्रेस वडा सभापति दिप बहादुर तामाङ लगायतले गुणस्तरिय शिक्षाका लागि शिक्षक , कर्मचारी र अभिभावक सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट लाई पुरस्कृत गरिएको थियो भने बिद्यार्थिले साङ्गितिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष जित बहादुर तामाङको अध्यक्षतामा सप्पन्न भएको हो ।


